काठमाडौँमा भिडभाड हुने गरि क्रियाकलाप नगर्न जिल्ला प्रशासनको आग्रह

0

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, सम्मेलन, धर्ना, जुलुस र र्‍याली जस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या र संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै भिडभाड हुने काम नगर्न आग्रह गरेको हो ।