आयुष्मान लेख्छन्, म आफ्नो जीवन बदल्न तयार भए, तिमीहरु प्रियंका भन्दै गर

0

काठमाडौं-अभिनेत्री प्रियंका कार्कीको दोस्रो विवाह आयुष्मान जोशीसँग सन् २०२० मा भयो। विवाहपछि गर्भवती भएकी उनी झनै चर्चामा छिन्। विशेषगरि, गर्भवती भएपछि विभिन्न तस्वीर सार्वजनिक गर्दै आएका कारण उनी चर्चा र विवादमा पर्नुपर्यो।

पछिल्ला दिनहरुमा प्रियंकाको आलोचना पनि धेरै हुने गरेको छ । सामाजिक सञ्जालमा प्रियंकाको तस्वीरलाई लिएर आलोचना गर्नेहरु धेरै छन् तर उनको परिवारले भने उनलाई साथ दिइरहेको छ ।

प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि परिवारले बचाउ गर्यो आम दर्शकहरुले आलोचना गरिरहेका छन् । केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहिरन लगाएर बेबी बम्प देखाउँदै गरेको तस्वीर सार्वजनिक भएको थियो ।

तर, यी कुराले प्रियंकालाई भने खासै फरक परेको छैन । उनी, यो क्षणको मज्जा उठाइरहेकी छिन् । प्रियंकालाई उनका श्रीमान् आयुष्मान देशराज जोशीले पनि साथ दिइरहेका छन् । प्रियंकासँग हरेक समय साथै रहने आयुष्मानले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै समर्थन देखाएका हुन् ।

उनले ‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर।’ भनेर लेखेका छन्। आयुष्मानले जीवनको नयाँ मोडमा रहेको समयमा आलोचना गर्नेहरुलाई जवाफ दिन खोजेका हुन्।