भीमदत्तमा शिक्षक दरबन्दी मिलान विवादः शिक्षा शाखामा तालाबन्दीदेखि रिले अनसनसम्मका कार्यक्रम

0

कञ्चनपुर- जिल्लाको भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलान बिरुद्धमा सत्तापक्ष काँग्रेस निकट नेपाल शिक्षक संघ आन्दोलित भएको छ। शिक्षक संघले दरबन्दी मिलान नीति, विधि, बिपरित भएको आरोप लगाउँदै दुई सातादेखि आन्दोलनमा उत्रिएको हो।

संघमा आबद्ध शिक्षकले दरबन्दी मिलानको नाममा आफन्त मिलान भएको, केही सीमित व्यक्तिलाई प्रधानाध्यापक बनाउने चलखेल भएको आरोप लगाउँदै ३ साउनदेखि आन्दोलन सुरु गरेको थियो। गत महिना ३१ गते नगर शिक्षा समितिले तीनै तहको शिक्षक दरबन्दी मिलान गरेको थियो।

उक्त शिक्षक दरबन्दि मिलान शिक्षक दरबन्दी मिलान नीति, विधि, बिपरित भएको आरोप लगाउँदै दुई सातादेखि आन्दोलनमा उत्रिएको हो। संघमा आबद्ध शिक्षकले दरबन्दी मिलानको नाममा आफन्त मिलान भएको, मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ विपरित गरिएको भन्दै नेपाल शिक्षक संघ कञ्चनपुरले साउन ३ गतेदेखी भीमदत्त नगरपालिकाको शिक्षा शाखामा तालाबन्दि गरेको छ ।

साउन पहिलो साता शिक्षक संघले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएको थियो। तर तीन सातादेखि नै शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी जारी रहेको छ। तालाबन्दी संगै सोमवारेखि शिक्षक संघले फेरी रिले अनसन शुरु गरेको छ। शिक्षा शाखामा तालाबन्दीका कारण कर्मचारी अन्यन्त्र शाखामा बस्नुपर्ने बाध्यता र कामकाज समेत प्रभावित भएको छ।

शिक्षक संघ भीमदत्त नगरका अध्यक्ष मदन बहादुर विष्टले दरबन्दी मिलान भन्दा पनि व्यक्ति मिलान भएको भन्दै असहमती जनाए। ‘यहाँ शिक्षकको दरबन्दी मिलान भएको छैन, ‘उनले भने, ‘केही व्यक्ति आफन्तको मिलान भयो, हामी मारमा प¥यौँ।’

तीन साता नियमित आन्दोलन भईरहदा समेत सम्वन्धीत निकायबाट वार्ताका लागि पहल समेत भएको छैन। शिक्षक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले दरबन्दी मिलान बारे बनाएको निर्देशिका, कार्यबिधी मिच्दै नगरपालिकाले मिलान गरेको आरोप लगाए।‘हामी विधि प्रकृयाको बिरोधमा छौँ, ‘उनले भने, ‘यहाँ मेरै नाम र म पढाउने विद्यालयको नामबाट गलत प्रचार गरिदैछ, ‘उनले भने, ‘त्यो कदाचित होईन।’

अढाई दशकदेखि जगल्टीएको दरबन्दी मिलान समस्या नगरपालिकाले कार्यविधि अनुरुप गर्दा केही शिक्षक व्यक्ति आन्दोलित भएको भीमदत्त नगरका प्रवक्ता हिमालय चन्दले बताए । प्रवक्ता चन्दका अनुसार संघ सरकारले बाध्यकारी निर्देशन अनुरुप नगरपालिकाले विधि अनुरुप दरबन्दी मिलान गरेको बताए।‘हामीले कार्यविधि, उच्च स्तरिय शैक्षिक सुधार कार्यदलको प्रतिवेदन अनुरुपै दरबन्दी मिलान गरेका छौँ, ‘प्रवक्ता चन्दले भने, ‘दरबन्दी मिलानमा कुनै शिक्षकले असहमती जनाएर आन्दोलित भएको विषयमा हामी के भन्छौँ, सरकारले खटाएको विद्यालयमा गएर कर्तव्य पुरा गर्ने कि?आन्दोलन गरेर राजनीति गर्ने।’