गृहमन्त्रीले खाणले भने, छानविन समितिको प्रतिवेदन पर्खिनुपर्छ

0

काठमाडौं-गृहमन्त्री बालकृष्ण खाणले जयसिंह धामी बेपत्ता भएको घटनाबारे निष्कर्षमा पुग्न सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन पर्खिनुपर्ने बताएका छन्। संसद बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा पनि उनले घटनामा एसएसबीलाई जोड्न चाहेनन् ।

गृहमन्त्री खाणले भने, ‘म माननीयज्यूहरूको संवेदनसीलताको सम्मान गर्छु। यसमा सरकारले छानविन समिति बनाएको छ । समितिले घटनास्थलमै पुगेरै छानविन गर्नेछ। तुइन तर्न सफल भएका चारजनासँग पनि समितिले सोधपुछ गरेको छ। उहाँहरूको जानकारीलाई पनि छानविन समितिले मूल आधार बनाउने हो।’

‘प्रतिवेदन आएपछिमात्रै अन्तिम निष्कर्षमा पुग्न प्रतिवेदन नआउँदासम्म मृतक पनि भन्न मिल्दैन । सत्य र तथ्यको आधारसीलामा नै प्रतिवेदन आउने हो । यसमा सरकारले पूर्णरूपमा अडान लिने छ र जुनसुकै कदम चाल्न सरकार तयार छ ।’घटनाको सत्य तथ्य लुकाएको भन्दै एमाले सांसदहरूले विरोध गरेका थिए ।