ओली सरकारका जनविरोधी कार्यहरुलाई खारेज गर्न वर्तमान सरकारसँग झाँक्रीको माग

0

काठमाडौं-नेकपा एमालेकी नेता रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनविरोधी कार्यलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै झाँक्रीले देउवा सरकारमा संविधानलाई ट्रयाकमा ल्याउने मात्र नभएर ओली सरकारका गतिविधि सच्याउनुपर्ने जिम्मेवारी पनि भएको बताएकी हुन्। उनले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन। पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ।’

झाँक्रिले महाकालीमा तुइनबाट खसेर एक युवक बेपत्ता भएको विषयमा समेत सरकारको ध्यानाकर्षण गराईन्।