स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित एक भरतीय सहित दुईजना पक्राउ

0

 
नवलपरासी-प्रहरीले नवलपरासीको बर्दघाटबाट एक भारतीयसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित उहिरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउपालिका–२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंजका २७ वर्षीय समिर खान रहेका छन्। 

सोमबार बेलुकी बर्दघाट नगरपालिका– १२ भटौलियास्थित नारायाणचोक–परासी भित्री सडक खण्डबाट लु.१६ प ३७२९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेका उनीहरुलई इलाका प्रहरी कार्यालय सेमरीको टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।