प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

0

काठमाडौं- मन्त्रिपरिषद् बैठक आज बस्दैछ।अपराह्न ४ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहनेछ । राज्यमन्त्री भने क्याबिनेट बैठकमा उपस्थित हुने प्रचलन छैन।प्रधानमन्त्री नियुक्त भएको २२ दिनसम्म समेत मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।