पेस्तोलसहित २ भारतीय नागरिक पक्राउ

0

दाङ– अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थ नगर पन्चायत-३ निवासी करमुल्हाल आमिर र राजा खाँन रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले आइतवार बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । उनीहरुलाई अत्याधुनिक पेस्तोल,त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोलीसहित देउखुरीको कालाकाटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूलाई पक्राउ गरि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिए।