एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी

0

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ।

स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले दुई नेताबीच भेटवार्ता हुने तयारी भएको जानकारी दिए। तर भेटवार्ताको समय र स्थानबारे भने टुङ्गो लाग्न बाँकी रहेको उनले बताए। आज साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उनको भनाइ छ।

विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार भएको हो।