युथ फोर्स बाजुराको संयोजकमा आरसी रोकाया

0

बाजुरा -युथ फोर्स नेपाल बाजुराको संयोजकको जिम्मेवारी रामचन्द्र रोकाया (आरसी)ले पाएका छन् । नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ अन्र्तगत गठन गरिएको युथ फोर्स जिल्ला कमिटीको संयोजक आरसी रोकायालाई तोकिएको हो ।

सिंगो जिल्ला कमिटी पछि घोषणा गर्ने गरि संयोजकको जिम्मा रोकायालाई दिइएको युवा संघ नेपालका केन्द्रीय सचिव गणेश थापाले बताएका छन् । जिल्ला कमिटी भव्य समारोह र युवाहरुको शक्ति प्रर्दशनका साथ घोषणा गर्ने तयारी गरिएको छ ।

पार्टी संगठनको युवा मोर्चालाई कमाण्ड गर्ने गरि रोकायाले जिम्मेवारी पाएका हुन् । संयोजकको जिम्मेवारी पाएका आरसी रोकाया युवा संघ बाजुराको सचिवालय सदस्य हुन् । जिल्लामा युवा परिचालन र युवा शक्तिको समर्थन रहेका मध्येका नामी युवामा आरसी रोकाया पर्ने गरेका छन् । 

एमालेले विकास निर्माणको खबरदारी, पार्टी संगठनको सुरक्षा र संरक्षण, अराजक र गलत प्रवृत्तीको अन्त्यका लागि शक्ति प्रयोग गर्नकै लागि युथ फोर्स गठन गरेको हो ।