तीन शीर्ष नेताको छलफल सकियो, यूनतम साझा कार्यक्रम तय भएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

0

काठमाडौं- न्यूनतम् साझा कार्यक्रम तय भएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने गठबन्धनका शीर्ष नेताहरुबीच सहमति भएको छ। सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठकले मंगलबारसम्म न्यूनतम् साझा कार्यक्रम तय गरेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो।

छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष यादव सहभागी थिए । तीनै नेताहरुबचि देउवा सरकारलाई मजबुत बनाउने र मंगलबारभित्र मन्त्रिपरिषद्को टुंगो लगाइने सहमती भएको छ।