बाजुराको किम्नी गाउँ सञ्चारको पहुँच भन्दा बाहिर, जहाँ आफन्तलाई कल गर्न धाउँछन् अग्ला-अग्ला डाँडा

0

बाजुरा-बाजुराको त्रिवेणी नगरपालिका–५ दुर्गम किम्नीमा टावर नहुँदा सूचना प्रविधिबाट बञ्चित भएका छन्। नगरपालिकाका हरेक गाउँ संञ्चारको पहुँचमा भएपनि दुर्गम किम्नीमा सञ्चार प्रविधिको पहुँचबाट बञ्चित भएका छन्।

राजनीतिक दलहरुले गाउँ गाउँमा सिंहदरवार भनेर चुनावमा चर्को भाषण गरेपनि त्यहाँका जनता नेटवर्क क्षेत्र भन्दा बाहिर रहेका छन्।

लामो समयदेखि किम्नी नेटवर्क र टावर बिहीन गाउँ बनेको छ । किम्नीमा मानिसहरुलाई इन्टरनेट चलाउन त के मोबाइलबाट कुरा गर्नको लागि पनि टावर टिपिरहेको छैन।

स्थानीय परि बुढाले गाउँमा कुनै समस्या हुँदा फोन गर्न अग्लो डाँडामा जानु पर्ने बाध्यता रहेको बताए। उनले टावर नभएकै कारण कहीँपनि सम्पर्क हुन सक्दैन यसले गर्दा हामी समयमै सूचना पनि थाहा नपाउने गरेको बताए।

किम्नीका बासिन्दा अहिलेसम्म नेटवर्क क्षेत्रभन्दा बाहिर रहेका छन्। चारैतिर पहाडले छेकेको उक्त ठाउँमा नेटर्वक नहुँदा स्थानीय सञ्चार बिहीन भएका छन्।

वरिपरि डाडाँ काडाँ किम्नीमा तल खोला र खोलाको टुप्पो र वरपर गाउँ छहरिएको छ। किम्नी बाजुरा जिल्लाको सबै भन्दा बढी पानी पर्ने स्थान भनेर समेत चिनिदै आएको छ।

गाउँ–गाउँमा सिंहदरवार गयो तर किम्नीका जनताले भने सिंहदरवार पुगेको आभास गर्न सकेका छैनन्। जनप्रतिनिधि निर्वाचित भएको करिब पाँच वर्ष वित्न थाल्यो, निर्वाचित भएर आ–आफ्नो स्थानमा गए किम्नीका बासिन्दालाई प्रविधिमा जोड्न अहिलेसम्म कसैले चासो देखाएन्। न केन्द्र सरकारले हेर्यो न प्रदेश नत स्थानीय सरकारले नै तीनै तहका सरकारको आखा दुर्गम किम्नीमा परेको छैन् ।

एनटीसी/एनसेल लगायत बिभिन्न नेटवर्क कम्पनीको मोबाइल टावर यस गाउँमा नहुँदा मोबाइल प्रयोग कर्ता तथा सेवागाह्रीहरु मर्कामा परेको छन।

नेपालमा विभिन्न कम्पनीहरुले २०१८ को अन्तसम्म ठाउँ–ठाउँमा टावर बनाई नेटवर्कलाई सबै ठाउमा पुर्याउने लक्ष्य राखेको थियो। तर दुर्गम किम्नीमा टावर आउन अझै धेरै वर्ष कुरेर बस्नु पर्ने छ। उक्त ठाउँमा मानिसहरुले अग्लो डाडाँमा र कुनै माथिल्लो स्थानमा गएर हातलाई माथी उचाली मोबाइलबाट कुरा गर्न बाध्य भएका छन।

फोन गर्न अग्लो डाँडा धाउनु पर्छ, सूचना थाहा पाउन ५/६ दिन कुर्नु पर्छ, बारम्बार टावरको लागि सम्बन्धित निकायमा माग गर्दा टावर बनाउन कसैले पनि चासोँ देखाएको त्यहाँका स्थानीय बताउँछन्।

अहिलेको अवस्थामा नेटर्वक नहुदा विद्यार्थीलाई समेत प्रभाव पारेको छ। विश्वभर फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले विद्यालय बन्द भए।

विद्यालय बन्द भएपनि विभिन्न विद्यालयहरुले अनलाइन कक्षा संचालन गरेका छन्। किम्नीका विद्यालयहरु भने जुनदिन लकडाउन भयो त्या दिनदेखि न अनलाइन कक्षा संचालन नत कुनै अरु उपाय नै । त्यसको मुख्य कारण भएनेकै नटर्वक नहुनाले नै अनलाइन कक्षा संचालन भएन्।

दुर्गम किम्नीका एक जना विद्यार्थी पुष्पा बुढाले भनिन् अन्य ठाउँमा अनलाइनबाट पढाई भइरहेको छ, हाम्रो यहाँ नटर्वक छैन्, नटर्वक नहुदाँ अनलाइनबाट पढ्न् पाएनौँ, उतिबेला पढेको सबै विर्सिसक्यौँ, नेटर्वक भएको भए अनलाइनबाट पढ्थ्यौँ त्यसो पनि छैन् ज्ञान बढाउने बेला झन ज्ञान घट्दै गएको छ।

वडा नम्बर पाँच किम्नीमा सडक संचालनमा जोड्न अझै केही वर्ष लाग्ने स्थानीय बताउँछन्। त्यहाँका स्थानीय कैलाशमाण्डौंको डाँडा र बाम्का बाजारबाट खाद्यान्न समाग्री बोकेर लिने गर्दछन् ।

त्रिवेणी नगरपालिका वडा नंं ५ का वडा अध्यक्ष गम्बीर बुढाले सबैभन्दा बढी समस्या यातायात र टावरको समस्या भएको बताए। यहाँका जनतालाई सञ्चार प्रविधिमा जोड्न पहल भइरहेको उनले बताए।