ईलाका प्रहरी कार्यालय कञ्चनपुरद्धारा कार्यालय परिसरमा वृक्षारोपण

0

कञ्चनपुर-ईलाका प्रहरी कार्यालय क्रञ्चनपुरले कार्यालय परिसरभित्र वृक्षारोपण गरेको छ। वातावरणीय प्रवद्र्धन एवं स्वच्छ वतावरणको श्रृजना तथा कार्यालयको परिसरलाई हराभरा बनाउने उदेश्यले वृक्षारोपण गरेको हो।

कार्यालयको परिसर भित्र रहेको खाली जग्गामा फलफुल तथा अन्य बिभिन्न जातका १०० वटा बोट विरुवाहरु रोपिएका छन्। कार्यालय प्रमुख प्रहरी निरीक्षक कर्ण बहादुर बोहरा लगायत अन्य प्रहरी कर्मचारीहरुको सामुहिकको उपस्थितिमा वृक्षारोपण सम्पन्न गरिएको हो।

ईलाका प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी युनिटहरु ईलाका प्रहरी कार्यालय गुलरियाले ५० वटा, अस्थाई प्रहरी पोष्ट बाणीले १५ वटा र अस्थाई प्रहरी पोष्ट बन्शाहले ११ वटा फलफुल तथा अन्य बिभिन्न जातका बिरुवाहरु आआफ्नो कार्यालयको परिसर भित्र बृक्षारोपण गरेका थिए।