स्रोत नखुलेको ४० लाखसहित एक व्यक्ति पक्राउ

0

महोत्तरी- स्रोत नखुलेको ४० लाखसहित एक युवक पक्राउ परेका छन्। मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज ९मंगलवार० दिउँसो स्रोत नखुलेको करिब ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए। साहले जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालन गर्दै आएका छन् ।

टीभीएस कम्पनीको अनटेस्ट मोटरसाइकमा चढेर मटिहानीबाट जनकपुर जाँदै गरेको युवक साहलाई मटिहानी नगरपालिका–९ स्थित विग्ही नदीको पुलमाथि प्रहरी चौकी मटिहानीका प्रमुख प्रहरी नायव निरीक्षक सुमन सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३९ लाख ८० बरामद भएको हो।