सस्शत्र प्रहरीका डीआईजी श्रेष्ठको सेवा अवधि एक वर्ष थप

0

काठमाडौ-सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थप गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले नम्बर ७ बाहिनीका बाहिनीपति श्रेष्ठको सेवा अवधि एक वर्ष थप गरे को हो।

सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चाररचार वर्ष रहेको छ। सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ।

सोही नियमावलीअनुसार सरकारले डीआईजी श्रेष्ठको सेवा अवधि थप गरेको हो।एक वर्ष सेवा अवधि थपसँगै डीआईजी श्रेष्ठ १९ वैशाख २०७९ मा सशस्त्रको नेतृत्वमा पुग्ने छन्। २७ कात्तिक २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका उनी २६ कात्तिक २०८२ सम्म सशस्त्रको नेतृत्वमा रहनेछन्।