पछिल्लो २४ घण्टामा ४५२२ कोरोना संक्रमित थपिए

0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

आज देशभर ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएका छन्। त्यसैगरी आज देशभर थप ४१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ८१३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।