मृत फेला परेकी अस्मिताको चार दिनपछि अन्त्येष्टि

0

डडेल्धुरा– शनिबार मृत फेला परेकि डडेल्धुराको परशुराम नगरपालिकाका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको अन्त्येष्टि गरिएको छ। अस्मिताको मंगलबार महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

धामीका परिवारलाई परशुराम नगरपालिकाले १० लाख राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका हुन्। कार्यपालिकाको आकस्मीक बैठकले नगरपालिकाबाट ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय गरे पश्चात पिडित पक्षले शव बुझेको वडाअध्यक्ष गोविन्द बोहराले बताए।

धामीको शव जोगबुढा अस्पतालमा पोष्टमार्टम गरिएको थियो। तर, अस्पतालमा हत्या वा बलात्कार के भएको थियो भन्ने स्पष्ट रिपोर्ट नआएपछि नमुनाहरू भिसेरा परिक्षणका लागि पठाइएको डडेल्धुरा प्रहरीले जनाएको छ।