आजबाट पठाओ र टुटल सेवा पनि सञ्चालनमा

0

काठमाडौं– आज(मंगलबार) देखि पठाओ र टुटल सेवा सञ्चालनमा आएका छन्। करिब दुई महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो।

टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन्। काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको छ। जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन्। करिब दुई महिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन्।

पठाओ कम्पनीका मार्केटिङ म्यानेजर सुरक्षा हमालले निषेधाज्ञाकै बीच सरकारले जोरबिजोर लागु गर्दा टुटल र पठाओ सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन्। उनका अनुसार पठाओ कम्पनीमा सरकारको लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै सेवा सञ्चालन सुरु गरेको छ।

टुटल सेवा पनि सञ्चालन गरिने टुटल कम्पनीले जनाएको छ। सरकारले कोरोना महामारी रोकथाम गर्न निजी सार्वजनिक सवारी साधन वैशाख १६ गतेदेखि सञ्चालनमा छैनन्।