आजदेखि काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन शुरु, सार्वजनिक सवारी भने नचल्ने

0

काठमाडौं- काठमाडौं उपत्यकामा आज मंगलवारदेखि स्मार्ट लकडाउन शुरु भएको छ।

स्थानिय प्रशासनले जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउदै स्मार्ट लकडाउन सुरु गरेको हो। आजदेखि लागू स्मार्ट लकडाउनमा जोर–बिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन दिइएको छ। यस्तै पसल व्यवसाय पनि बार अनुसार खोल्न पाईने भएको छ।

गत आईतबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले आजदेखि एक साताका लागि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो। आजदेखि निजी सवारी साधनलाई जोर विजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइएको छ ।

निजी सवारी साधनहरु ट्याक्सी र मोटरसाइकल/स्कुटीमा जोर बिजोर प्रणाली लागू गरी चल्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

त्यस्तै पसल व्यवसायहरुलाई बार अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न दिइने छ। शनिबार भने अत्यावश्यकबाहेक अरू पसलहरू बन्द रहनेछन्। यस्तै, काठमाडौं उपत्यकामा राइड सेयरिङ कम्पनी टुटल र पठाओले पनि आजदेखि आफ्नो सेवा शुरु गर्ने भएका छन्।