सेती अस्पतालको परीक्षणमा थप ८ जनामा कोरोना

0

कैलाली– सोमबार सेती प्रादेशिक अस्पतालमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा १०५ जनाको नमुना परीक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा अस्पतालबाट कोही पनि डिस्चार्ज भएका छैनन् भने थप १ जना नयाँ संक्रमित भर्ना भएका अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्। जसमध्ये ८ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।