गङ्गा दशहराको अवसरमा गोदावरी माता मन्दिरमा गरियो पूजाआजा

0

कैलाली-कैलालीको गोदावरी नगरपालिका – ४ बासपानी स्थित गोदावरी माता मन्दिरमा पूजा आजा गरिएको छ। आइतबार गङ्गा दशहराको अवसरमा उक्त मन्दिरमा पूजाआजा गरिएको हो ।

गोदावरीको रमणीय क्षेत्रमा रहेको सो मन्दिरमा कैलालीको गोदावरी क्षेत्रमा भक्तजनहरूको सहभागि रहेको थियो। पूजाआजाका क्रममा नौ लाखबत्ती समेत बालिएको थियो।

गोदावरी माता मन्दिरका अध्यक्ष यज्ञराज भाटले गंगा स्वरुप गोदावरीमा गोदावरी देविको मन्दिर नहुँदा आफूहरूले नयाँ मन्दिर स्थापना गरेर पूजाआजा गरेको बताए।

‘यो क्षेत्रमा देविका नाममा पहिले देखि नै पूजाआजा गरिदै आईएको भएपनि व्यवस्थित गोदावरी माताको मन्दिर बनाउन हामी लागेका छौ’ उनले भने ‘मन्दिरमा बलि बाहेकका सबै धार्मिक कार्यक्रम गर्न सकिन्छ।’

उनले मन्दिरको चारै कुनामा देविका नौ बहिनीको स्वरुप स्थापना गर्ने र बिचको यज्ञशालामा गोदावरी माताको मन्दिर बनाएर गंगामा सवार माताको मूर्ति राख्ने योजना रहेको बताए।