धनगढीकी वर्षाले जितिन वल्र्ड च्याम्पियनसिपमा रजत पदक

0

कैलाली– धनगढीकी वर्षा साउँदले ओटीडव्लु वल्र्ड च्याम्पियनसिपमा रजत पदक जितेकी छिन्। युरोपको माल्टामा भएको कुमुते (फाइट) अनलाइन च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै बर्षाले दोस्रो स्थान पाउन सफल भएकी हुन्।

ललित खत्रीले प्रशिक्षणमा खेल्दै आएकी धनगढीकी साउँदले काता अनलाइन च्याम्पियनसिपमा भने कास्य पदक जितेकी छिन्।

२३ वटा देश सहभागिता रहेको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै धनगढी कराते एकेडेमीकी खेलाडी साउदले तेस्रो स्थान अर्थात कांस्य पदक दिलाएकी हुन्।