सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घट्यो

0

काठमाडौँ– नेपाली बजारमा सुनको मुल्य प्रतितोला ७०० रुपैँयाले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६०० रुपैयाँले घटेको सुनको मूल्य थप सोमबार ७०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार सोमबार सुन मुल्य प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, आज तेजाबी सुन समेत ७०० रुपैयाँले नै घट्दै ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।

यता, चाँदी तर्फ भने गत आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।