सुदूरपश्चिम प्रदेशका १३ सहित देशभरका ८३ वटा अस्पतालले कोरोनाको निःशुल्क उपचार गर्ने

0

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था गरेको छ।मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निस्शुल्क उपचारका लागि सम्झौता गर्दै आइरहेको छ।

मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशका १३ सहित देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको निस्शुल्क उपचार हुने छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र निस्शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।

यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितको अस्पतालले निस्शुल्क उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीको भनाइ छ।