मालाखेती अस्पताललाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

0

कैलाली– कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पताललाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ।

अत्तरियाक्षेत्रका १३ जना युवाहरुद्धारा सञ्चालीत ‘हाम्रो गोदावरी, हाम्रो अभियान’ अन्तरगत सैपाल ग्यास उद्योगले अस्पताललाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो।सहयोग गरिएको कन्सन्ट्रेटर गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी र अस्पतालका निमित्त मे।सु डाक्टर उत्तम बिष्टलाई हस्तान्तरण गरिएको थियो ।

अभियान अन्तरगत अस्पताललाई यस अघि ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको थियो।