दार्चुलामा जेष्ठ नागरीकहरुलाई खोप लगाउन सुरु

0

दार्चुला– दार्चुलामा पनि ज्येष्ठ नागरीकलाई कोरोना भाइरसवरिुद्धको खोप लगाउन थालएिको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार विहिबार देखि जिल्लाका दुई नगरपालिका तथा ६ वटा गाउँपालिकाहरुमा खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

मंगलवार बसेको जिल्ला कोभिड–१९ खोप अनुगमन तथा समन्वय समितिको बैठकले ५५ वर्षमाथिका नागरीकहरुलाई जेठ २७ र २८ गते खोप लगाउने निर्णय पछि आज बाट जिल्लाका ८ वटा स्थानीय तहमा भेरोसेल खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्दराज भट्टले जानकारी दिए।

देशका विभिन्न जिल्लामा मंगलवारदेखि नै खोप अभियान सुरु भएपनि दार्चुलामा २७ विहिबार आज देखि अभियान संचालन भएको उनले बताए। यो खोप ५५ वर्षमाथिका सम्पूर्ण नागरिक र खोप लगाउन छुट भएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुलाई लगाउन थालिएको बताइएको छ।

खोप अभियान जिल्लाका ८ वटै स्थानीय तहमा संचालन भइरहेको छ। जिल्ला अपि हिमाल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा खोप लगाउन थालिएको हो। अपि हिमाल गाउँपालिकामा ५५ वर्ष माथिका नागरीकहरु २÷४ जना मात्रै भएकाले उनीहरुलाई जिल्लाको मार्मा गाउँपालिकाको स्वास्थ्य केन्द्रबाट खोप लगाउन व्यवस्था मिलाएपछि गाउँपालिमा खोप अभियान सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

हाल महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, नौगाड गाउँपालिकाका ,मार्मा गाउँपालिका ,तथा व्यासँ गाउँपालिमा भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। यस्तै दुहुँ गाउँपालिका ,तथा लेकम गाउँपालिकाका विभिन्न क्षेत्रमा भेरोसेल खोप लगाउन थालिएको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकहरुले बताएका छन। नगरपालिकाको हकमा ३ वटा खोेप केन्द्र र गाउँपालिकाको हकमा बढीमा २ वटा केन्द्र कायम गरिएको छ।

जिल्लामा ५५ वर्षमाथिका २ हजार बढी नागरिकहरुलाई कोरोना खोप लगाउन थालिएको छ। खोप लगाउन आउँदा आफ्नो उमेर खुल्ने प्रमाणपत्र साथमा लिएर आउन हुन आग्रह गरिएको छ। यस्तै खोप लगाउन आउँदा र खोप लगाउँदा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न समेत अनुरोध गरिएको छ । हिमाली जिल्ला दार्चुलाका सुदुरपश्चिम प्रदेश सरकाले २ हजार ५५ डोज भेरोसेल खोप पठाएको छ।