बिहीबार सुदूरपश्चिममा २२५ जनामा संक्रमण, ६ जनाको मृत्यु

0

कञ्चनपुर– सुदूरपश्चिम बिहीबार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २८२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ३८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।

महाकाली अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा २ जना, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १८८ जनाको नमूना परीक्षण गर्दा ८६ जना, डडेल्धुरा अस्पतालमा २० जनाको नमूना परीक्षण गर्दा ८ जना, डोटी अस्पतालमा १८ जनाको नमूना परीक्षण गर्दा ४ र बैतडी अस्पतालमा २७ जनाको परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ४३ हजार २११ नमूना परीक्षण गर्दा ४२ हजार ३३७ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित निको भई घर फर्किएका छन्।

सुदूरपश्चिम प्रदेशमा बिहीबार ६ जनाको मृत्यु भएको छ। कञ्चनपुरका २ जना, कैलाली, डडेल्धधुरा, अछाम र बाजुराका १र१ जना गरि ६ जनाको मृत्यु भएको छ।