पृथ्वीसुब्बा गुरुङले पाएनन् विश्वासको मत

0

काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद गएको छ। बिहीबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै गुरुङको मुख्यमन्त्री पद स्वतः गएको हो।

प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन। प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन्।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित थिए। प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने अनुपस्थित रहेका थिए।

३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्।

प्रदेश सभाको अर्को बैठक जेठ २९ अर्थात भोली शुक्रबार बिहान ११ बस्ने जनाइएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् ।