पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ

0

विराटनगर- मोरङको केरावारी गाउँपालिका–९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका–२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बु रहेका छन्।बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो। प्रहरीले गणेश लिम्बुको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र पेस्तोलको गोली १ थान बरामद गरेको थियो।

यसैगरी निजकै घरमा पार्किङ गरी राखिएको पदम कुमार लिम्बुको नाममा रहेको को १ च ८३८६ नम्बरको कारबाट धारिलो हतियार खुकुरी १ थान र चक्कु १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यलाय मोरङले जनाएको छ। हातहतियार र गोली सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भई रहेको बताईएको छ।