नेप्सेमा सामान्य गिरावट

0

काठमाडौँ- नेप्से सूचक १.८० अंकले घटेर २९४४.७८ को बिन्दुमा पुगेको हो ।

आज १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका २२० कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो।

आज पाँचथर पावर कम्पनी, शिव श्री हाईड्रोपावर लिमिटेड लगायत १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, आज हाईड्रोपावर, विकास बैंक लगायत ६ समूहको समूहगत सुचक बढेको छ भने जीवन बीमा, बैंक लगायत ७ समूहको समूहगत सुचक घटेको छ । जसमा हाईड्रोपावर समूहको सूचक सर्वाधिक बढी २.९९ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको सुचक सर्वाधिक बढी १.४४ प्रतिशतले घटेको छ।

आज एचआइडिसीएलको सर्वाधिक बढि ९९ करोड ६५ लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ भने नेपाल पूनर्बीमा कम्पनीको ५७ करोड ५० लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ।