मोटरसाइकलबाट खसेर घाईते साथीलाइ छाेडेर फरार चालक अत्तरियावाट पक्राउ

0

कैलाली – अत्तरियावाट एक युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ६ को कठौती चोकमा मोटर साइकल बाट खसेका आफ्नै घाइते साथिलाइ छोडर भाग्ने घोडाघोडी नगरपालीका ६ का मोटरसाइकल चालक क्षितिज चौधरीलाइ प्रहरीले अत्तरिया चोकवाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार क्षितिज चौधरी र करन कुमाल मंगलबार से ७ प २८७० नम्बरको मोटरसाइकलमा महेन्द्रनगर जाँदै थिए ।

मोटरसाइकल चालक चौधरीले गौरीगंगा नगरपालिका ६ को कठौती चोकमा ब्रेक लगाउँदा घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताका १८ वर्षिय करन कुमाल मोटरसाइकल बाट खेसेका थिए । मोटरसाइकल बाट खसेका कुमाल अचेत अवस्थामा देखेपछि डराएका चौधरीले साथीलाई सडमै छोडेर भागेका थिए ।

भागेर फरार भएका चौधरीलाई प्रहरीले मोटरसाईकल सहित पक्राउ गरी थप अनुसन्धान गरिहेको छ । उता सडकमा घाइते अवस्थामा रहेका कुमाललाइ स्थानियले प्रहरीलाइ खवर गरेपछि उद्धार गरेका थिए ।

उनको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भैरहेको छ । प्रहरीका अनुसार घाइते तथा मोटरसाइकल चालकले मादकपर्दाथ सेवन गरेका थिए।