सुनको मूल्य तोलामा ३ सय रुपैँयाले घट्यो

0

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य घटेको छ। (हिजो) बुधबार तोलामा १ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलाको ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर ९३ हजार ९ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ।