चितुवाको छालासहित सुदूरपश्चिमका दुई जना काठमाडौंमा पक्राउ

0

काठमाडौं- चितुवाको छालासहित काठमाडौंको कीर्तिपुरबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन्।

उनीहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए। सुदूरपश्चिम घर भएका दुबै जना काठमाडौंको कीर्तिपुरमा डेरा गरेर बस्दै आएका थिए। गोप्य सुचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।