नेप्से सूचक दोहोरो अंकले घट्यो

0

काठमाडौँ– दिनभरीमा बजारमा ७० अंकको उतारचढाव देखिएको छ। आज नेप्से सूचक १३.५६ अंकले घटेर २९४६.५८ को बिन्दुमा पुगेको हो।

आज १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७ सय ३ रूपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो।

आज नेपाल इन्स्योरेन्स कम्पनी, युनाईटेड मोदि हाईड्रोपावर लिमिटेड लगायत ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।