सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

0

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको थियो।

आज तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ रहेको छ। यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तिँदै १ हजार ३५० रुपैयाँ कायम भएको छ।