निषेधाज्ञाको विरोध गर्दै प्रदर्शन गर्ने दुईजना पक्राउ

0

रुपन्देही-रुपन्देही निषेधाज्ञाको विरोध गर्दै रुपन्देहीमा प्रदर्शन भएको छ।

शनिवार लुम्बिनीको खुनगाईमा केही युवाहरुले कोरोना महामारी केही होईन , प्रहरी प्रशासन मुर्दाबाद, निषेधाज्ञा मान्दैनौ भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

उक्त समुहले आइतवार सबै बजार खुलाउने भन्दै स्थानियहरुलाई बजार खोल्न सार्वजनिक रुपमा आग्रह समेत गरेका थिए।

सडकमा नाराबाजी तथा टायर बालेर बिरोध गर्ने दुईजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। निषेधाज्ञाको उलंघन गर्न सार्वजनिक रुपमा अपिल गर्ने उक्त समुहका मुख्य नाईके अर्जुन कुर्मि सहित दुईजनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए।

पक्राउ परेका दुई जनालाई संक्रामक रोग ऐन २०२० अनुसार एक महिना जेल हुने बताईएको छ ।