युरोकप छनोट अघिको मैत्रीपूर्ण खेल: रुसकाे जित,बुल्गेरियाकाे हार

0

काठमाडौं – युरोकप छनोटअघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ । गए राति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले हरायो। उसका लागि सोभोलेभले ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे।

फिफा वरीयतामा रुस ३८ औं स्थानमा छ भने बुल्गेरिया ७१ औं स्थानमा रहेको छ। यस्तै गए राति नै भएको खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेलेका छन्।

विश्व वरीयतामा १७ औं स्थानको वेल्सले ६६ औं स्थानको अल्बानियालाई हराउन सकेन। यस्तै स्वीडेनले अर्मानियालाई ३–१ गोलले हराएको छ। युरोकप फुटबल आउँदो शुक्रवार रातिदेखि सुरु हुँदैछ।