परम्परागत शैलीमा तयार भयो कैलालीको गोदावरीमा कैबल्यनाथको मन्दिर

0

कैलाली- चुरे पर्वतको फेदमा अवस्थित छ गोदावरी धाम। यो सुदूरपश्चिम क्षेत्रकै प्रमुख धार्मिक तीर्थस्थल मध्ये एक मानिन्छ। गोदावरी गोदावरीमा कैबल्यनाथ को मदिर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। ३ बर्ष अघि देखी मन्दिरको निर्माण कार्य शुरु भएको हो।

मन्दिरको निर्माण आकर्षक तरिकाले गरिएको छ। मन्दिरका झ्याल ढोका परम्परागत रुपमा निर्माण गरिएका छन्।मन्दिरको निर्माण कार्य उपभोक्ता समिती मार्फत भईरहेको गोदावरी धाम बिकास समितीले जनाएको छ। समितीका अध्यक्ष दीपेन्द्र अबस्थीले मन्दिरमा अहिले सम्म २ करोड लगानी भईसकेको बताए।

२० प्रतिशत भने उपभोक्ता समितीले श्रमदान गरेको छ।सहरी बिकास भबन संघिय कार्यान्वयन इकाइ धनगढीले क्रमागत बजेट छुट्याएर काम भएको अध्यक्ष अबस्थीले बताए।

कैवल्यनाथ मुक्तिको क्षेत्र भएकाले देवता र पितृको धामका रुपमा लिने गरिन्छ। साहित्यकार पदमराज जोशी ‘प्रभात’ का अनुसार कैवल्यनाथ भन्ने वितिकै मुक्तिको अन्तिम घडी भन्ने बुझिन्छ।

‘त्यहाँ पुगेपछि मुक्ति पाइन्छ भन्ने मान्यता छ,’ उनले भने,–‘कैवल्यनाथको मन्दिर अहिलेसम्म गोदावरी धाम बाहेक अन्यत्र छैन। त्यसैले पनि गोदावरी क्षेत्रको महत्व बढेको छ।’

मन्दिरमा अब १००८ शिवलिंग राख्न बाँकी रहेको छ। स्थानियले पनि शिवलिंग राख्न योगदान गर्न सक्ने छन्। ११ हजार १ सय ११ भेटी तिरेर आफ्ना आफन्तको नाममा आँफैले प्राण पतिष्टा गरेर शिवलिङ शिलालेख सहित राख्न सकिने अध्यक्ष अबस्थीले बताए।