नेपाल विरुद्ध चाइनिज ताइपेइ (प्रत्यक्ष प्रसारण)

0

काठमाडौं- विश्वकप छनोट अन्तर्गत नेपालले छैटौं चरणको खेलमा चाइनिज ताइपेइको खेलिरहेकाे छ।  नेपालले चाइनिज ताइपेइविरुद्ध जारी विश्वकप छनोटको चौथो मिनेटमा नै अग्रता लिएको छ । अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।

प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलबाट आक्रमणमा दुई परिवर्तन गरेका छन्।नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामाले टोलीमा स्थान बनाएका छन्।

पछिल्लो खेलमा मनिषले डेब्यु गर्दै गोल गरेका थिए। तर चोटका कारण उनले दोस्रो हाफमा मैदान प्रवेश गरेका थिएनन्। उनको स्थानमा मैदान प्रवेश गरेका सुनिलले आज अवसर पाएका छन्। त्यस्तै नवयुगको स्थानमा आशिषले सुरुवात गर्दैछन्।गोलरक्षक किरणका लागि पछिल्लो खेल बिर्सनलायक रहेपनि उनले नै टोलीको नेतृत्व गर्नेछन् । सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङकै जोडीले निरन्तरता पाएको छ।

https://kantipurtv.com/live