यो महामारी हो,समाज भड्काउने काम बन्द गरौं

0

बिश्व व्यापी महामारी कोभिड-१९ को दोस्रो भेरीयन्ट यतिबेला मानव बस्तिमा तवाह मच्चाइरहेको छ।यो खतरनाक महामारीले बिना बिभेद सबै मानिसहरुमा सँक्रमण गर्ने गर्दछ।

यसले कुनै जात ,लिङ्ग, वर्ण, धर्म , ठूलो,सानो, धनी, गरीव, राजा, महाराजा, नेता,अभिनेता वा आम मानिसहरु कसैलाई पनि छोड्दैन। आज सम्म दुनीयामा कोरोना भाइरस निर्मुलका लागि कुनै पनि औषधि पत्ता लागेको छैन।

कोभिड खोपको नाममा बिश्वबजारमा आएका खोपहरुले केवल मानिसहरुको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधी क्षमताको बिकाश गर्ने बाहेक सँक्रमण रोक्न सक्दैन। यस्तो बेलामा फलानाले केही पनि गरेन,नेताले केही पनि गरेन, सरकारले केही पनि गरेन र कहाँ हराएका छन भनेर सराप्दै भिडभाड गर्ने, समाजिक दुरी कायम नगर्ने, सरकारले गरेको लकडाउनको उलङ्घन गर्ने, लुकीछिपी मदीरा पसलमा भिडभाड गर्दै मदिरा सेवन गरि नेता र सरकारलाई गाली गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्ने कुराले महामारी फैलाउन उद्दत रहेको बाहेक अरु केही पनि हुन सक्दैन।

बिश्वका महाशक्ति राष्ट्रहरु समेत कोरोना भाइरसका अगाडि लाखौ मानिसहरुको ज्यान गुमाउदै नतमस्तक हुनु परेको तथ्य सबै सामु छर्लङ्ग नै छ। कोरोना भाइरस भन्दा माथि दुनीयामा कोही पनि महापुरुष जन्मेको छैन।

त्यसैले सरकारले गरेको लकडाउनको पुर्ण पालना गरौ, स्वास्थ्य मापदण्डको पालना गरौ , यस्तो महा बिपत्तिको बेलामा समाजिक सञ्जाल मार्फत समाज भड्काउने, अरुलाई होच्याउने र गालीगलौच गर्ने क्रियाक्लाप बन्द गरी सँयमतापूर्वक समाजिक दुरी कायम गर्दै आफु बचौ र अरुलई पनि बचाऔं।

नेपाल सरकारले सकेसम्म नेपाली नागरीकहरुलाई यो महामारीबाट जोगाउन हरसम्भव प्रयत्न जारी राखेको छ। खास गरि भारतबाट बढी मात्रामा आवत जावत हुने सिमा नाका रहेको कञ्चनपुर जिल्लामा संक्रमितको संख्या बढेको छ।

यही अवस्थालाई ध्यानमा राखी सम्माननीय प्रधानमन्त्री , स्वस्थ्य मन्त्रि , सिसिएमसि र आवश्यक बजेट ब्यवस्थापनको लागि अर्थ मन्त्रिलालाई सम्बन्धित क्षेत्रका हामी जन प्रतिनिधिहरु निरन्तर अनुरोध गरीरहेका छौ। नेपाल सरकार स्वास्थ मन्त्रालयका तर्फबाट महाकाली अस्पताललाई उपलब्ध गराउने भनिएका स्वास्थ्य सामग्रिहरु त्यहाको भयावह अवस्थालाई मध्यनजर गरी जति सक्दो चाँडो उपलब्ध गराउन हामी निरन्तर खवरदारी मै छौ।

यस्तो महाबिपत्तिको बेला मैले त गजव गरे नी भनेर ठाउँ न ठहर नीहित स्वार्थको राजनीति गर्नुको कुनै अर्थ छैन ।सबैको साझा प्रयासबाट सबै बाँच्ने प्रयत्न गर्नु आजको महत्वपूर्ण अभिभारा हो।

यसै सन्द्रभमा अस्ति मात्रै वन तथा वतावरण मन्त्रि प्रेमबहादुर आले, सम्माननीय प्रधानमन्त्रि ज्यूका नीजि स्वकिय सचिव राजेश बज्राचार्यको विशेष पहल र हामी सबै जनप्रतिनिधिहरुको अनुरोधमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महासाखाका तर्फबाट होंसि शिबम सिमेन्टको सहयोगमा प्राप्त Oxygen Concentrator मध्ये ३४ थान सूदुर पश्चिम प्रदेशमा पठाएको छ।

जस मध्ये ८ थान Oxygen Concentratorमहाकाली अस्पतालका लागि पठाएको छ।त्यसै गरि आवश्यक Oxygen सिलण्डरको आपूर्ति र Oxygen plan जडानको काम समेत तुरुन्तै सम्पन्न गर्न हामी सबै निरन्त खवरदारीमा छौ।

बिस्तारै महामारी नियन्त्रणमा आउने छ , त्यसैले कोही आतिएर समाजिक सञ्जालमा अश्वभाबिक प्रतिक्रया दिदै समाज भड्काउने र कोही मात्तिएर मैले त गजव गरे नी भनेर खुट्टा नउचालेकै वेश , यो महामारी हो राजनीति होइन। बरु सरकारले गरेको लकडाउन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सँयमताका साथ यो महामारीबाट अफु बचौ र अरुलाई पनि बचाऔं यही नै आजको मुल मर्म ,धर्म र कर्म हो। सबैले जानी राखौं !!

सांसद नरबहादुर धामी कंचनपुर २ का हुन्।