मध्यरातमा महन्थको विज्ञप्ति,नयाँ सरकार गठनमा नलाग्ने

0

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन् ।

सोमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रीत रहेको बताएका हुन्।