एनएसएलको पहिलो क्वालिफायरमा आज काठमाडौं र धनगढी भिड्दै

0

काठमाडौं-नेपाल सुपर लिग एनएसएलको पहिलो क्वालिफायरका रुपमा फाइनल प्रवेशका लागि शीर्ष स्थानमा रहेर लिग चरण टुंग्याएको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ। यो खेलको विजेताले सिधै फाइनल खेल्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरको विजेतासँग इलिमिनेटर खेल खेल्नेछ । यसको अर्थ आजको खेलमा पराजित भए पनि फाइनल प्रवेशका लागि दोस्रो अवसर हुनेछ।

लिग चरणमा ४ जित, १ बरारबरी र १ हारसँगै १३ अंकका साथ शीर्ष स्थानमा रहेको काठमाडौं उच्च लयमा छ। विकेश कुथु मार्की खेलाडी तथा राष्ट्रिय टोलीको प्रशिक्षक हुँदाहुँदै जिम्मेबारी संहालेका बालगोलपाल महर्जनको चतूर रणनीतिले काठमाडौंलाई एकपछि अर्को खेलमा सफल बनाउँदै लगेको छ।