कञ्चनपुर प्रहरीद्वारा विभिन्न स्थानबाट अक्सिजन ग्यास सिलिण्डर संकलन गरि अस्पताललाई बुझायो

0

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न स्थानबाट अक्सिजन ग्यास सिलिण्डर संकलन गरि महाकाली अस्पताललाई बुझाएको छ। प्रहरीले महेन्द्रनगर बजार क्षेत्रबाट ७ थान सिलिण्डर संकलन गरी महाकाली अस्पताललाई हस्तान्तरण हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सरकारी तथा गैरसरकारी निकाय र अन्य विभिन्न संघ संस्थाहरूसँगको समन्वयमा अक्सिजन ग्यास सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए।

साथै स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउनुका साथै आमनागरिकमा यस सम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा प्रहरीसँग समन्वय गरी उपलब्ध गराइदिनुहुन कञ्चनपुर प्रहरीले अनुरोध गरेको छ।