‘पुनः केपी ओलीकै सरकार’

0

काठमाडौं-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुनः ठूलो दलको हैसियतमा केपी शर्मा ओलीकै सरकार बन्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले संविधानको धारा ७६ (३) मा गएर ओलीलाई नै प्रधानमन्त्री खोज्नुपर्ने अवस्था रहेको बताएका हुन्।

उनले गठबन्धनको सरकार बन्ने अवस्था नरहेको बताउँदै पुनः ठूलो दलको हैसियतमा ओलीकै सरकार बन्ने दाबी गरे।पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ ९३० अन्तरगत उही प्रमलाई खोज्नुपर्ने बाध्यता छ। ”