कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

0

कञ्चनपुर-कञ्चनपुरको बेलडाँडी गाउँपालिका- २ बाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको टोलीले बा ४२ प ५४४६ नम्बरको मोटरसाईकल शंका लागि चेकजाँच गर्दा भीमदत्त नगरपालिका-१० तिलकेनी बस्ने अन्दाजी २१ बर्षका लक्ष्मण धामी र जिल्ला बझाङ्ग बुगल नगरपालिका-८ जजल्ली बस्ने अन्दाजी २२ बर्षका नरेन्द्र जाग्रीलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट १२ ग्राम २८० मिलिग्राम लागुऔषध खैरोहिरोईन प्रहरीले बरामद गरेको छ।

मोटरसाइकलसहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर कानुन बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।