अछामी लघु चलचित्र “संशय” सार्वजनिक

0

अछाम- गणेश जंग रावल निर्माता तथा निर्देशक रहेको अछामी लघु चलचित्र “संशय” सार्वजनिक भएको छ।

अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ घर भएका रावलले निर्माण गरेको लघु चलचित्र सोमबार सार्वजनिक गरिएको हो।

अछामका नागरिकका ज्वलन्त समस्याको परिबेश समेटेर तयार पारिएको चलचित्र भेडापानी ईन्टरटेन्मेण्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

निर्देशक रावलले आफुले अध्ययन गर्ने कलेजको प्रोजेक्टमा अछामको बिषयबस्तु समेटेर अछाममै लघु चलचित्र तयार पारेको बताएका हुन्।

किपालय प्रोडक्सन र भेडापानी ईन्टरटेन्मेण्टको प्रस्तुतीका रुपमा सार्वजनिक भएको “संशय” रावलकै कथा तथा निर्देशन ।

बिशेष गरि चलचित्रमा पहीलोको समयमा समस्याको रुपमा रहेको एचआईभि एड्सको बिषय वस्तुलाई दर्शाईएको छ।

सोच चलचित्रमा बर्सौ पछि बम्बैबाट काम गरेर घर आएको श्रीमानलाई एचआईभि एड्स लागेको संका लागेपनि श्रीमान स्वीकार गर्न तयार नभएपछि रमिला र उसको श्रीमान बीच द्वन्द सृजना हुन्छ ।