बाजुरामा पछिल्लो २४ घण्टामा १२ जना संक्रमित थपिए

0

बाजुरा-बाजुरामा पछिल्लो २४ घण्टामा १२ जना संक्रमित थपिएका छन्। यो सँगै बाजुरामा संक्रमितको सख्या २ सय १५ पुगेको छ ।

आज २० जनाको एन्टिजेन बिधीबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन।

हाल सम्म ६ सय ११ जनाको परिक्षण गर्दा २ सय १५ जनामा कोरोना पोजेटिभ देखीएको स्वस्थ्य कार्यालय बाजुराले जनाएको छ। त्यसै गरि पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख चन्दले बताएका छन। हालसम्म निको हुनेको सख्या १७ पुगेको छ।