कञ्चनपुरमा एकैदिन १ सय ८१ जनामा कारोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

0

कञ्चनपुर- कञ्चनपुरमा सोमबार १ सय ८१ जनामा कारोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा १ सय ६४ जना र ऐन्टिजिन परिक्षणमा १७ जना गरी १ सय ८१ जनामा कोरोना संक्रमिण पुष्टि भएको हो।

पीसीआर परीक्षण गराएकामध्ये सबैभन्दा बढी १२७ भीमदत्त नगरपालिकाका छन्। बेदकोट नगरपालिकाका ८, शुक्लाफाँटा नगरपालिकाका ५, र बेलौरी नगरपालिकाका २०, दोधारा चाँदनीका नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो।

आज थप १ सय ३० जनाले कोरोना जितेर घर फर्किएका छन्। आज संक्रमण मुक्त भएका सहित अहिले सम्म २ हजार २ सय ६९ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ।