कञ्चनपुरमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

0

कञ्चनपुर- पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिकाका ३, पुनर्वास नगरपालिकाका २ तथा बेलौरी र बेदकोट नगरपालिकाका १र१ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ का ६८ वर्षीया महिला र ४० वर्षीय पुरुष र ७ का ५३ वर्षीय पुरुष रहेका छन्। त्यस्तै पुनर्वास नगरपालिका–११ का ७४ वर्षीय र ६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। बेदकोट नगरपालिका ४ की २० वर्षीया महिला र बेलौरी नगरपालिका ३ की ७२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

आइतबार कञ्चनपुरमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो।