अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु, ९२७१ जना संक्रमित

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै धेरै पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट नेपालमा थप १३९ जनाको मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ९२७१ जना संक्रमित थपिएका छन्। त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ७ जना कोरोनामुक्त भएका छन् ।